तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नगरपालिकामा दुई करोडभन्दा बढी खर्च

कञ्चनपुर । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकाले कोरोना रोकथाम नियन्त्रण तथा उपचारको क्रममा दुई करोड ३४ लाख ८६ हजार तीन सय २० रुपैया खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले बताउनुभएको छ ।

महाकाली नगरपालिकामा भएको चौमासिक खर्चको विवरण अनुसार ३३ वटा क्वारेन्टिन निर्माण तीन लाख ४१ हजार नौ सय ३३, क्वारेण्टिन प्रयोग हुने सामाग्री खरिदमा १३ लाख २१ हजार नौ सय, क्वारेन्टिनमा खाना खर्च सात लाख, आइसोलेसन  निर्माणमा सात लाख ८७ हजार तीन सय, आइसोलेसन व्यवस्थापनमा १४ लाख, आइसोलेसनमा खाना खर्च २३ लाख, औषधीमा सात लाख ४१ हजार चार सय, औषधी जन्य सामाग्री तीन लाख ५६ हजार एक सय ५५, स्वास्थ्य उपकरण चार लाख ५९ हजार नौ सय आठ, राहत वितरणमा ४३ लाख २७ हजार तीन सय १६, जोखिम भत्ता १३ लाख ८५ हजार सात सय आठ, यातायात खर्च पाँच लाख ९५ हजार सात सय र अन्य खर्च ३० लाख गरि जम्मा दुई करोड ३४ लाख ८६ हजार तीन सय २० रहेको नगरपालिकाले जनाएको छ ।

यस नगरपालिकालाई प्रदेश कोषबाट कोभिड–१९ रोकथाम नियन्त्रण तथा उपचारको लागि ४४ लाख २५ हजार उपलव्ध गरिएको थियो ।

त्यस्तै नगरपालिकावाट एक करोड ९० लाख, विभिन्न व्यक्ति र संघ संस्थाबाट तीन लाख ६३ हजार दुई सय ५१, कर्मचारीबाट दुई लाख ८८ हजार नौ सय ५० रुपैया आम्दानी भएको जनाइएको छ ।

गड्डाचौकी नाका बन्द गरिएको समयमा यस माहाकाली नगरपालिकामा रहेको खुला सिमानाका कारण भारतबाट आउनेहरुको अत्याधिक चाप भएका कारण खर्च उनीहरुको वस्ने व्यवस्थापन, खाना खर्च र यातायातका धेरै खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button