तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य निरन्तर घट्दै, आज कति छ ?

काठमाडौँ । आज पनि सुनको मूल्य ओरालो लागेको छ ।हिजो सोमबार तोलामा २ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने तोलाको ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४ सय ३५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ । सोमबार चाँदी तोलाको १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button