तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा विभिन्न क्षेत्रमा सील

सिन्धुपाल्चोक -कोरोना भाइरसको संक्रमण देखिएपछि सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा सील गरिएको छ। जुगल गाउँपालिका ५, सुनकोशी ७, इन्द्रावती ७ र हेलम्बु गाउँपालिकाको १ सील गरिएको छ।

इन्द्रावती गाउँपालिका ७, सिपापोखरेस्थित राजेश्वरी माध्यमिक विधालयको एक शिक्षकमा कोरोना संक्रमण पुष्टि पुष्टि भएपछी गाउँपालिकाले वडा न ७ लाई उच्च जोखिममा राख्दै सिल गरिएको छ।

वडा न ७ स्थित राजेश्वरीदेखी मैदान टोलसम्म कुनैपनी सामाजिक, साँस्कृतिक व्यावसायिक लगायतको कृयाकलाप नगर्न वडा न ७ को कार्यालयले अपिल गरेको हो ।

हेलम्बु गाउँपालिका १ बाट काठमाडौँ गएको एक व्यक्तिमा कोरोना पुष्टि भएपछि सम्भावित क्षेत्र सील गरेको छ। साविक हेलम्बु गाविस ३, ४, ५, ६ र ७ सील गरिएको छ।

सम्भावित व्यक्तिको परिक्षणको नतिजा नआएसम्म सो क्षेत्र सील गरिएको उनले बताए। काठमाडौँ गएको व्यक्तिमा कोरोना देखिएपछि गाउँपालिकामा अत्यावश्यक काम बाहेर हिडडुल नगर्न आग्रह गरेको छ।

यस्तै, जुगल गाउँपालिकामा कार्यरत दुइ शिक्षकमा कोरोना पोजेटिभ देखिएपछि ५ नम्बर वडा सिल गरिएको छ। सल्यानबाट १७ गते जुगल आएका सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएको थियो।

यस्तै, सुनकोशी गाउँपालिका ७ जामुने टोलमा कोरोना देखिएपछि सो वडा सिल गरिएको छ। गाउँपालिका अध्यक्ष श्रमण जिसिले एक विज्ञप्ती जारी गर्दै शिल गरेको जानकारी गराउनुभएको हो ्। तोकिएको निश्चित क्षेत्रमा पूर्ण रुपले आवातजावात बन्द गरिएको छ।

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ २ जना सल्यानका हुन उनिहरु शिक्षक हुन ।। संक्रमितमध्ये हालसम्म ६७ जना निको भएका छन् भने चार जना उपचाररत छन् । दुई जनाको उपचार काठमाण्डौंमा भइरहेको छ ।

बाकी जिल्लाका आइसोलेसन वार्डमा उपचाररत छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १०१ जना क्वारेन्टाइनमा बसेका छन् ।

हालसम्म जिल्लामा एक हजार २ सय २१ को स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button