तपाईँ सुन्दै हुनुहुन्छः

झापामा सेनासहित ९ जनामा कोरोना पुष्टि

झापा– झापामा सोमबार नेपाली सेनाका एक जवानसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान र विराटनगरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित सेना चारआलीस्थित नयाँ श्रीनाथ गणका सिपाही हुन् । उनी घर बिदामा थिए । झापाको गौरादहमा पनि पाँच जनामा कोरोना संक्रमण देखिएको छ ।

पाँच जनामध्ये दुई जना सशस्त्र प्रहरी हुन् । इलाममा कार्यरत उनीहरु घर बिदामा आएका थिए । भद्रपुर नगरपालिकामा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापाको कमल गाउँपालिकामा पनि एकजना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button