तपाईँ सुन्दै हुनुहुन्छः

महामारीप्रति गैरजिम्मेवार बनेको भन्दै चिन्ता

गण्डकी-पोखरा महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वडाध्यक्षहरुका तर्फबाट पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति जारी गर्दै महामारीका समयमा सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराउनुभएको हो ।

महामारीका कारण भयावह अवस्था सिर्जना भएको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय सरकारको मुख ताक्नुभन्दा आफँै सुरक्षितरूपमा रहनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, कार्यक्रम नगर्न, भीडभाड नगर्न, व्यापार व्यवसाय गर्दा स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी अपनाउन, साबुनपानीले नियमित हात धुन र मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।

पोखरामा १४७ सङ्क्रमित भइरहँदा आइसोलेसन वार्डमा थप श्यया व्यवस्था गर्न काँग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button