बेरुत विस्फोटका कारण लेबनानका प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । लेबनानको राजधानी बेरुतमा दुई सय जनाको ज्यान जानेगरी भएको विस्फोटन ब्यापक भ्रष्टाचारको उपज भएको निष्कर्ष निकाल्दै लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिनुभएको छ ।
सोमबार साँझ राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सन्देश दिँदै दियाबले आफ्नो राजीनामा घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री हसनले राजीनामा दिनुअघि उहाँका केही मन्त्रीहरूले पनि राजीनामा दिनुभएको थियो ।
यसैबीच बेरुतको बन्दरगाहमा २ हजार ७ सय ५० टन एमुनियम नाइट्रेट राखिएको र उक्त पदार्थ जोखिमयुक्त भएको जानकारी लेबनानका सुरक्षा निकायहरुले राष्ट्रपति र प्रधानमन्त्री समक्ष पेश गरेको तथ्य, अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको छ ।
लेबनानका राष्ट्रपतिका अनुसार उक्त गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा-सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको थियो।
गोदाममा भएको विस्फोटमा परी करिब छ हजार मान्छे घाइते भएको छन् ।








प्रतिक्रिया राख्नुहोस्