बाढीपहिरोले बारेकोटमा ११ करोडको क्षति
जाजरकोट । गत असार २५ गतेका अविरल वर्षापछि जिल्लाको बारेकोट गाउँपालिकामा गएको बाढीपहिरोले करिब ११ करोड रुपैयाँको क्षति पुर्याएको छ ।
बारेकोटमा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् । गाउँपालिकाका अनुसार पहिरोमा ३ जना घाइते भए भने ६० घर पूर्ण रुपमा भत्किएका छन् ।
३ सय ३४ परिवारका ८ सय जना विस्थापित भएर गोठ, विद्यालय र सार्वजनिक ठाउँमा बसिरहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । उहाँका अनुसार वडा नम्बर ४, ५, ६, ७ र १ मा बढी क्षति भएको छ । पहिरोले पुर्याएको क्षतिको मुचुल्का उठाने काम भइरहेको छ ।
बेपत्ता भेटिने अवस्था नभएकाले मृतक सरह मानेर आश्रित परिवारलाई राहत रकम उपलब्ध गराउन पहल भइरहेको छ । अधिकांश गाउँमा हिँडडुल गर्ने बाटो छैन । विद्युत्, खानेपानी र सिँचाइ कुला, सडक पहिरोकै कारण अवरुद्ध बनेको अध्यक्ष शाहले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्