सुनको मूल्य घट्न थाल्यो

काठमाडौं– सोमबार पनि सुनको मूल्य घटेको छ ।तोलामा २ सयले घटेर सोमबार छापावाल सुनको मूल्य १ लाख २ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य १ लाख १ हजार ९ सय निर्धारण भएको छ ।
आइतबार एकै दिन ९ सय घटेको थियो ।चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ ।








प्रतिक्रिया राख्नुहोस्