तपाईँ सुन्दै हुनुहुन्छः

बालक सहित एकै परिवारका तीन जनामा कोरोना भाईरस संक्रमण

भक्तपुर। भक्तपुरको सुर्यबिनायक नगरपालिकास्थित सिपाडोलमा २२ महिले बालक सहित एकै परिवारका तीन जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी जवानलाई गत श्रावण १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शनिवार भने प्रहरीका २८ वर्षीया श्रीमती र २२ महिने बालकलाई समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजार जानकारी दिनुभयो ।

आमा र बालकलाई उनै प्रहरी जवानवाट कोरोना सरेको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताउनुभयो ।बालकको हात भाँचिएपछि उपचारको लागि सिद्धीस्मृती अस्पताल लगेकोमा थप उपचारको लागि सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पताल लगिएको थियो ।उपचार अघि आमा र बालक दुवैको स्वाब परीक्षणका लागि पठाइएकोमा उनीहरुको रिपोर्टमा पोजेटिभ आएको थियो । संक्रमित आमा र बालक दुईलाई थप उपचारको लागि काठमाडौंको नेपाल प्रहरी अस्पताल लगिएको प्रमुख मिजारले जानकारी दिनुभयो ।प्रहरी जवानको भने भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको मिजारले बताउनुभयो ।

उपचारमा संलग्न डा.इवामुरा मेमोरियल अस्पतालका १० कर्मचारी र ३ जना चिकित्सकलाई आइसोलेशनमा राखिएको अस्पतालका व्यवस्थापक रंजित मारिखुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button