सून प्रतितोला ९ सय रुपैयाँले घट्यो
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ तोलामै ९ सय रुपैयाँले सस्तो भएको छ ।
गत शुक्रबार प्रतितोला एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको भाउ आईतबार एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको हो ।
झण्डै दुई सातादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउ आईतबार समान्य घटेको हो । आइतबारका लागि महासंघको तेजावी सुनको भाउ १ लाख २ हजार एक सय रुपैयाँ तोकेको छ ।
आइतबार चाँदीको मूल्य भने बढेर हालसम्मकै उच्च कायम भएको छ । चाँदीको भाउ पाँच रुपैयाँ प्रतितोलामा बढेर १४ सय १० रुपैयाँ पुगेको छ ।
चाँदीको आइतबारका लागि तोकिएको मूल्य पनि हालसम्मकै सबै भन्दा उच्च भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्