तपाईँ सुन्दै हुनुहुन्छः

विदेशमा अलपत्र परेका ४७ हजारको उद्धार

रुपन्देही । रुपन्देहीमा आफ्ना दुई बच्चासहित खोलामा हाम फालेकी महिला र बच्चाको जीवितै उद्धार गरिएको छ ।

सिद्धार्थनगर नगरपालिका–८ बसडिलियामा बस्दै आएकी प्यूठान स्वर्गद्वारी नगरपालिका–४ की २२ वर्षीया पवित्रा सुनारले सिद्धार्थनगरस्थित डण्डा खोलामा ६ वर्षकी छोरी रोजिना सुनार र ३ वर्षका छोरा रोशन सुनारलाई सलले कम्मरमा बाँधेर हाम फालेकी थिइन् ।

उनीहरुलाई तत्कालै प्रहरी र स्थानीयले उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा उपचारका लागि ल्याएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खड्काले जानकारी दिनुभयो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पवित्राका श्रीमान रोजगारीको लागि भारतमा रहेको र खोलामा हाम फाल्नुको कारण भने खुलेको छैन ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button