कैलालीमा एकै दिन २ सय २२ जना डिस्चार्ज

धनगढी । कैलालीमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको बिभिन्न आईसोलेशन सेन्टरबाट थप २ सय २२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसगै कैलालीमा कोरोना संक्रमित निको हुने संख्या १ हजार ९९ पुगेको छ ।
जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले कैलालीमा हालसम्म १ हजार ३ सय ३३ जनामा कोरोना पुष्टी भएको बताउनुभयो ।
संक्रमित मध्ये १ हजार ९९ जना डिस्चार्ज भएको र अहिले २ सय ३० एक्टिभ केस रहेको उहाले बताउनुभयो । कैलालीमा यसअघि कोरोना संक्रमणबाट चार जनाको निधन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्