तपाईँ सुन्दै हुनुहुन्छः

‘असामान्य परिस्थितिमा विद्यालय पुनःसञ्चालन हुन सक्दैन’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना संक्रमणको असामान्य परिस्थितिमा विद्यालय पुनःसञ्चालन हुन नसक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले कोरोना संक्रमण समुदायतर्फ बढिरहेकोले अहिलेको अवस्थामा विद्यालय पुनःसञ्चालन गर्न नसकिने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुहुदैं मन्त्री पोखरेलले अहिलेको परिस्थितिमा बैकल्पिक पद्दतिबाट सिक्ने सिकाउने कार्यलाई जोड दिनुको विकल्प नरहेको स्पष्ट पर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button