बाँकेमा ४९ जना कोरोना संक्रमित थपिए

बाँके । बाँकेका शुक्रवार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका ४१ सहित ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा गरिएका ३ सय १२ नमूना परीक्षणमा बाँकेका ४९ बर्दियाको १ र रुकुमको १ जना गरि ५१ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । बाँकेमा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस अघि बाँकेमा ५ सय २ जना रहेको ३ सय ९८ जना कोरोना मुक्त भइ घर गएका छन् ।
विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका ४ गरी १ सय २ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितको संख्या अप्रत्यशित रुपले बृद्धि हुन थालेपछि बाँकेमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्