तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना अस्पतालमा उपचारको क्रममा एकको मृत्यु

वीरगंज । नारायणी अस्पताल वीरगंजको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारको क्रममा आज विहान वीरगन्ज घण्टाघर निवासी ५७ वर्षीय एक व्यवसायीको मृत्यु भएको छ ।

हिजो साँझ व्यवसायीको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएपनि हालसम्म रिपोर्ट आइ नसकेको कोरोना अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिनुभयो ।

मृतकलाई पुराना मुटुरोगी रहेको र पछिल्लो समय निमोनिया र श्वासप्रश्वासको समस्या लिएर गत मंगलबार नारायणी अस्पताल वीरगंजको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारका लागि ल्याईएको थियो ।

उपचारकै क्रममा गए राति उनको स्वास्थ्य जटिल वन्दै गएपछि भेन्टिलेटरमा राखिएको र आज विहान साढे ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको डा. सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button