तपाईँ सुन्दै हुनुहुन्छः

बाढी र पहिरोले दक्षिण कोरियामा १५ जनाको मृत्यु

काठमाडौं । अबिरल बर्षा पछी गएको बाढी र पहिरोका कारण दक्षिण कोरियामा १५ जनाको मृत्युभएको छ भने १५ सय भन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

४२ दिनसम्मको निरन्तरको बर्षा पछि दक्षिण कोरियाको दुुई क्षेत्रलाई बिपद क्षेत्र घोषणा गरिएको प्रधानमन्त्री चुुङ स्यूू कूनले बताउनु भएको छ ।

कोरोना भाईरस महामारीका कारण उद्धार तथा राहत कार्यक्रम प्रभावित भएको र स्थानान्तरण गरिएको स्थानमा कोरोना फैलन सक्ने जोखिम रहेको प्रधानमन्त्री कूनले जनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button