तपाईँ सुन्दै हुनुहुन्छः

सुनको भाउ अहिलेसम्मकै उच्च, एक तोलाको ९९ हजार ८ सय पुग्यो

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भ्एको छापावाल सुनको मूल्य प्रतितोला २ सयले बढेर ९९ हजार ८ सयमा कारोबार भैरहेको छ । तेजाबी सुनको मूल्य ९९ हजार ३६५ रुपैँयामा कारोबार भएको छ ।

यस्तै,मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोलामा एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button