तपाईँ सुन्दै हुनुहुन्छः

गरिब तथा अति विपन्न परिवारलाई निःशुल्क मिटर वितरण

सुनसरी । सुनसरीको नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रले आर्थिक वर्ष २०७६/०७७ मा तीन सय २९ जना गरिब तथा अति विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ ।

विधुत प्राधिकरण इनरुवाले गएको आर्थिक वर्षमा निवेदन दिएका तीन सय २९ जनालाई निःशुल्क मिटर वितरण गरेको जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई सरकारले अनुदान स्वरूप गरिब तथा अति विपन्न परिवारलाई सहयोग हुने गरी मिटर वितरण गरिएको प्राधिकरणका सहायक प्रबन्धक ई.रामउदगार साहले बताउनुभयो ।

साहका अनुसार कोरोनाले गर्दा लामो समय भएको लक डाउनले धेरैलाई निःशुल्क मिटर वितरण गर्न नसकेको र आएको निवेदनमा सबैलाई मिटर उपलब्ध गराएको छ ।

यस आर्थिक वर्षमा पनि गरिब परिवारलाई निःशुल्क मिटर प्रदान गरिने भएको हुँदा समयमै काम सुचारु गरी जनतालाई सहयोग गर्ने तयार रहेको सहायक प्रबन्धक साहको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button