तपाईँ सुन्दै हुनुहुन्छः

बरुवामा घर पुर्दा दुई जनाको मृत्यु

 

सिन्धुपाल्चोक- अबिरल बर्षा सँगै आएको पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका २ बरुवामा पहिरोले १ घर पुर्दा २ जनाको मृत्यु भएको छ।

बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञ बहादुर क्षत्री बन्जरा को घर पुर्दा अन्दाजी बर्ष ४० का उनकोे र अन्दाजी बर्ष ४० का उनको श्रीमती लक्ष्मी क्षत्री बन्जराको मृत्यु भएको वडा अध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । गएराति गएको पहिरोले उनीहरुलाई पुरेको थियो । स्थानियले उनीहरुको शव निकालेका हुन् ।अहिले धाप बाट प्रहरी घटना स्थलमा आउँदै गरेको लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button