तपाईँ सुन्दै हुनुहुन्छः

७३ हजार बोटबिरुवा वितरण तथा रोपण

बैतडी । डिभिजन वन कार्यालय बैतडीले गत वर्ष निःशुल्क रूपमा जिल्लामा ७३ हजार बोटबिरुवा वितरण तथा रोपण गरेको जनाएको छ ।

जिल्लाका चार स्थानबाट गरी उक्त सङ्ख्या बोटबिरुवा रोपण तथा वितरण गरिएको डिभिजन वन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय,शव डिभिजन कार्यालय हाट, शव डिभिजन कार्यालय गाँजरी र शव डिभिजन कार्यालय गोकुलेश्वरको नर्सरीबाट बोटबिरुवा वितरण गरेको हो ।

उक्त बिरुवाहरू उपभोक्तालाई व्यक्तिगत,सामुदायिक वनमा वृक्षारोपण र सार्वजनिक ठाउँमा वृक्षारोपण गरिएको हो । कार्यालयले जिल्लाका १५ हेक्टर बोटबिरुवा रोपण गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button