तपाईँ सुन्दै हुनुहुन्छः

बारामा आईतबार देखि निशेधाज्ञा

बारा । बारा जिल्लामा आईतबार देखि निशेधाज्ञा जारी भएको छ ।

आज शुक्रबार सुरक्षा समितीको बसेको बैठकले साउन १८ गते बिहान ५ बजे देखि अनिश्चितकालीन निशेधाज्ञा जारी गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

बारा जिल्लामा दैनिक रुपमा कोरोना संक्रमित बिरामीहरुको सङख्या बढ्दै गएपछि नागरिकको जीवन रक्षाको लागि यस्तो निर्णय लिनुपरेको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।

निशेधाज्ञा अवधिभर अत्यआवश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्बजनिक संस्थान बाहेकका सेवाहरु बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

अतिआवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारी साधनहरु बाहेक मोटरसाईकल देखि चार पाङग्रे गाडि सञ्चालनमा आउन पुर्ण रुपमा प्रतिबन्ध गरेको छ ।

उद्योगी व्यवसायीहरुले कलकरखाना सञ्चालन गर्दा कामदारहरुलाई आफनो उद्योग, कलकरखाना परिसर भित्रका होस्टल, क्वाटरमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर मात्र सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

खाद्यन्न, ग्याँस ईन्धन, दुध डेरी, पसलहरु, तरकारीहरु मुख्य बजार क्षेत्रमा बिक्रिबितरण गर्न प्रतिबन्ध लगाएको छ । त्यस्ता समानहरु साईकल तथा ठेलागाडाम राखेर अन्य क्षेत्रमा बिहान १० बजेसम्म मात्र बिक्रि बितरण गर्ने सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button