उपकुलपति जोशीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विश्वराज जोशीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
गत बुधबार प्रदेश मन्त्रिपरिषद बैठकबाट नियुक्त हुनभएका जोशीलाई आज प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले नियुक्तिपत्र प्रदान गर्नुभएको थियो भने मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर प्रदेश सरकारले उल्लेखनीय कार्य गरेको बताउनुभयो । उहाँले प्रतिष्ठानको कार्य अव तिव्रगतिमा अघि वढने भन्दै प्रतिष्ठान स्थापना गरेर प्रदेश सरकारले उल्लेखनीय कार्य गरेको दावी समेत गर्नुभयो । उहाँले उपकुलपतिको योग्यता र क्षमताका आधारमा प्रदेशमा ल्याएको बताउनुभएको छ ।
मुख्यमन्त्री पौडेलले प्रतिष्ठानमा रुपान्तरण भएपछि हेटौंडा अस्पताल अब ३ सय बेडको हुने तथा प्रदेशका १३ वटै जिल्लाका अस्पताललाई प्रतिष्ठानभित्र ल्याउने योजना रहेको समेत बताउनुभयो ।
कार्यक्रममा नवनियुक्त उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानका वारेमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै जोशीले आफुले पाएको जिम्मेवारी अनुसार काम गरेर देखाउने वताउनुभयो ।
यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सेजको रजिस्ट्रार, वीर अस्पतालमा युरोलोजिष्ट प्रमुख समेत रहनुभएका जोशीले सन् १९७४ मा एमडी र १९८३ मा डाक्टर उपाधी हासिल गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्