तपाईँ सुन्दै हुनुहुन्छः

मास्कबिना हिडडुल गर्ने ६४ जना प्रहरी कारबाहीमा

डडेल्धुरा । डडेल्धुरा प्रहरीले मास्क प्रयोग नगरी डडेल्धुराको मुख्यबजार बाजबगार क्षेत्रमा हिडिरहेका ६४ भन्दा बढी सर्बसधारणलाई आज जरिवना सहितको कारबाही गरेको छ ।

आज बिहानै देखि प्रहरीले बजार क्षेत्रमा मास्क प्रयोग गर्न माईकिङक गरेको भएपनि सुचनालाई बेवास्ता गरी हिँडडुल गर्ने ६४ जनालाई दिउसो १ ः ०० बजे देखि २ ः०० बजे सम्मको चेकचाँजका क्रममा प्रहरी कारबाहीमा परेका हुन ।

उनीहरुलाई पहिलो पटक १ सय रुपैयाका दरले जरिवाना गरी सम्झाई बुझाई छोडिएको बागबजार बसपार्क चौकीका इन्चार्ज प्रहरी नायब निरिक्षक चन्द्रसिह धामीले बताउनुभयो ।

जरिवाना बाफत संकलन गरिएको रकम राजश्व खातामा दाखिला गरिने प्रहरीले जनाएको छ ।

लकडाउन खुलेपनि कोरोना भाईरसको उच्च जोखिम रहेको भन्दै स्थानीय प्रहरी प्रशासनले समाजिक दुरीकायम, मास्क र सेनिटाईजर प्रयोग गर्न सर्बसधारणलाई कडाई गरिएको प्रहरी नायब निरिक्षक धामीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button