तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा ३१ जना कारोना संक्रमित थपिए


विराटनगर । प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा १३, मोरङ्गमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button