न्यालम कन्ट्री सरकारले सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री सहयोग गर्ने
सिन्धुपाल्चोक । मित्र राष्ट्र चीनको न्यालम कन्ट्री सरकारले सीमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण र रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।
केही दिन अघि दुई देशबिच सम्पन्न सीमा सुरक्षा बैठकमा नेपालमा अझै कोरोना भाइरस नियन्त्रणमा नआएकाले त्यसमा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गर्ने बताएको थियो ।
चीन सरकारले यस अघि पनि सिन्धुपाल्चोकका लागि झन्डै एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेको थियो । सीमावर्ती भोटेकोशी गाउँपालिकालाई समेत चीनको न्याल सरकारको तर्फबाट स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
बाढी पहिरो पीडितहरूका लागि चीन सरकारले खाद्यन, टेन्टलगायत अन्य आवश्यक सामग्रीहरू समेत सिन्धुपाल्चोकलाई दिने प्रतिबद्धता गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार न्यालम सरकारले भोलि एन ९५ माक्स एक हजार थान, डिस्पोजएबल मेडिकल मास्क एक सय थान लगायतका नौ प्रकारका स्वास्थ्य सामग्री प्रदान गर्देछ ।








प्रतिक्रिया राख्नुहोस्