तपाईँ सुन्दै हुनुहुन्छः

नेटवर्किङ व्यवसाय गर्न अनुमति दिन नहुनेमा सांसदको जोड

काठमाडौं । बस्तुको प्रत्यक्ष बिक्री (नेटवर्किङ) व्यवसाय गर्न अनुमति दिन नहुनेमा सांसदहरुले जोड दिनुभएको छ ।

प्रतिनिधिसभा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बस्तुको प्रत्यक्ष बिक्री (नेटवर्किङ) व्यवसाय गर्न प्रदान गरिएको अनुमति लगायतका विषयमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विगतमा हर्वो, यूनिटीलगायतका नेटवर्किङ व्यवसायमा जनताहरू ठगिएको र उनीहरूका सञ्चालकलाई कारबाहीसम्म नभएको अवस्थामा नयाँ नेटवर्किङ व्यवसाय सञ्चालनको अनुमति दिन नहुनेमा जोड दिनुभयो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन–२०७४ र नियमावली–२०७६ मा नेटवर्किङ व्यवसायका सम्बन्धमा स्पष्ट व्यवस्था भएको भन्नुहुँदै पहिलेको जस्तो गरी मनोमानी गर्न कुनै पनि कम्पनीले नपाउने बताउनुभयो ।

मन्त्री भट्टले कानुन विपरीत कार्य गर्नेलाई सरकारले छुट नदिने भन्नुहुँदै बरु ऐन र नियमावलीमा केही सुधार गर्नुपर्ने भएमा गर्न सकिने बताउनुभयो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले पहिलेकै संरचनामा काम गर्ने गरी कुनै पनि कम्पनीलाई अनुमति नदिएको भन्नुहुँदै अनुमति पाएका कम्पनीहरूको मन्त्रालयले नियमित अनुगमन गर्ने र गल्ती गरेको पाइएमा कारबाही गरिने बताउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button