तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो पन्छाएपछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटारमा गएको पहिरो पन्छाएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित कुरिनटारमा पहिरोको कारण बिहान ८ :५५ बजे सडक अबरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार पौने १० बजे एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याईएको हो । पानी पर्न रोकिए र पहिरो पन्छाउन सहज भए छिटैनै दुईतर्फीरुपमा सञ्चालनमा आउने प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button