तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बङ्गलादेश बैङ्कद्वारा बाढी पीडितलाई सहयोग

सिन्धुपाल्चोक । नेपाल बङ्गलादेश बैङ्क बाह्रबिसे शाखाले बाढी पहिरो बाट विस्थापित परिवारलाई नगद रु. एक लाख रुपैयाँ सहयोग गरेको छ । बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत वितरणका निम्ति बाह्रबिसे नगर प्रमुख निमफुन्जो शेर्पालाई बैंकका शाखा प्रबन्धकले हस्तानतरण गर्नु भएको हो ।

असार महिना देखीको लगातारको बर्षाले बाह्रबिसे नगरपालिका अन्तर्गतका बिभिन्न वडामा बाढी पहिरोका कारण हुन गएको भौतिक एबम मानबिय क्षतिलाइ मध्यनजर गर्दै सहयोग गरिएको नेपाल बङ्गलादेश बैङ्क बार्हबिसेका शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले बताउनु भयो ।

बाढी पहिरो कारण जोखिमको अबस्थामा बैंकले सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै नगर प्रमुख निमफुन्जो शेर्पाले बङ्लादेश बैंकलाई आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button