तनहुँको नाहालामा भासिएको सडक मर्मत सम्पन्न, पृथ्वी राजमार्ग दुईतर्फी संचालन
तनहुँ । तनहुँको बन्दिपुर–१ नाहालामा भासिएको सडकको मर्मत सम्पन्न भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको दमौली–डुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
अविरल परेको वर्षासँगै गत साउन ६ गते भासिएको सडक मर्मत गरिएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हो ।
डिभिजन सडक कार्यालय तनहुँले भासिएको सडक मर्मत गरेपछि राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

डिभिजन सडक कार्यालयले शनिबारदेखि सडक मर्मतको काम थालेको थियो । उक्त सडकखण्ड गत शनिबार रातिदेखि एकतर्फी सञ्चालनमा आएको थियो । सडक भासिएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग बनाइएपनि सवारी साधन फस्न थालेका थिए ।
वैकल्पिक मार्गमै पटकपटक सवारी साधन फस्न थालेपछि शनिबार बिहानैदेखि राजमार्ग उक्त भासिएको खण्ड पुर्ण बन्द गरेर मर्मत शुरु गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्