चौविस घण्टामा विपद्का घटनामा परी ८ जनाको मृत्यु

काठमाडौं । मुलुकभर गएको २४ घण्टामा बिपद्का घटनाबाट ८ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको दैनिक बुलेटिन अनुसार हिजो विहान १० वजेदेखी आज विहान १० वजेसम्म भएका विपद्को घटनामा परी ८ जनाको मृत्यु भएको हो भने दुई जना वेपत्ता र ६ जना घाइते भएका छन् ।
यसैगरी पहिरोका कारण विभिन्न तीन स्थान भोजपुरको पौवादुम्मामा पर्ने मध्य पहाडी लोकमार्ग, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने अरनिको राजमार्ग र पाल्पाको तानसेन नगरपालिकामा पर्ने सिद्दार्थ राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको छ ।
गत २४ घण्टामा नेपालभर विभिन्न जिल्लामा गरी १४ स्थानमा पहिरो, ७ स्थानमा अविरल वर्षा र ५ स्थानमा आगलागीका घटना भएका छन् ।
गत जेठ ३० गतेबाट मनसुन शुरु भएयता हालसम्म पहिरोमा परी १२९ जनाको मृत्यु भएको, बाढीबाट ३ जना र चट्याङ लागेर १७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यस्तै मनसुन शुरु भएयता पहिरोमा परी ४४ जना वेपत्ता र ११८ जना घाइते भएका छन् भने बाढीबाट ६ जना वेपत्ता र १ जना घाइते हुनुका साथै चट्याङ लागेर ४२ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्