भोजपुरमा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन शुरु

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा राष्ट्रिय परिचय पत्र बितरणका लागि तथ्यांक संकलन गर्ने कार्य शुरु भएको छ ।
भोजपुरमा राष्ट्रिय परिचयपत्र बितरणका लागि आइतवारबाट तथ्यांक कार्य शुरु भएको हो । नागरिकले पाउने सेवा सुविधा सहज र छिटो प्राप्त गर्नका लागि अन्य कुनै पनि कागजातको आवश्यक नहुने भएकाले सोही प्रयोजनका लागि बितरण हुने परिचयको पत्रका लागि तथ्यांक संकलन कार्य शुरु गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पुरीका अनुसार नेपाल सरकारले २०७५ मंसिर ३ गतेबाट राष्ट्रिय परिचय पत्र वितरणको शुरुवात भएको थियो ।
सवै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र दिन सकिएमा सूचना तथा विवरणहरु एकीकृतरुपमा व्यवस्थापन गर्न र राज्यका सेवा सुविधा तथा राष्ट्रिय विकास आयोजनाहरुमा प्रत्यक्ष नागरिकलाई आवद्ध गर्न सहज हुने भएकाले सेवा प्रवाहमा समेत प्रभावकारी हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
सरकारले पहिलो चरणमा पाँचथर तथा सिहंदरवार परिसरबाट परिचय पत्र वितरण शुरु गरेको थियो भने दोस्रो चरणमा झापा, संखुवासभा, सप्तरी, ललितपुर, रसुवा लगायतका १५ जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्