पाल्पामा यात्रु अभाबले छोटो दुरीका सवारी संचालनमा समस्या

पाल्पा- सरकारले छोटो दुरीका यातायातका साधनहरु सुचारु गर्ने निर्णय गरेसँगै पाल्पामा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरु निकै कम चलेका छन । यात्रु अभाब भएपछि पाल्पामा जिल्ला भित्र चल्ने जिप तथा माइक्रो बस कम संचालन भएका हुन । जिल्लामा हाल नियमित गुड्ने सवारी साधनको १० प्रतिशत मात्र संचालनमा आएका छन ।
सरकारले कुल सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु वोक्ने गरी सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि पाल्पामा श्रीनगर यातायत सेवा प्रालीले जिप तथा माइक्रो बस संचालनमा ल्याए पनि यात्रु नहुदा यातायात संचालनमा समस्या आएको छ । चार महिना लामो लकडाउनले सबै भन्दा बढी मार यातायात ब्यबसायीलाई परेको ब्यबसायी बिकाश भट्टराई बताउनुहुन्छ ।
यात्रु अभाव र बर्षाको बेला सडक बिग्रिएको कारण छोटो दुरीका सवारी साधन संचालन गर्न समस्या भएको श्रीनगर यातायत सेवा प्रालीका निर्देशक भबिन्द्र गौतमले बताउनुभयो ।निकै पातलो गाडी चलेको छ । बुटवल जान २ घण्टा तानसेन बसपार्कमा कुर्नु प¥यो गाडीवाल सिट क्षमताको ५० प्रतिशत नभै नजाने भन्छ ।” यात्रु बिक्रम आचार्यले गुनासो गर्नुभयो ।
तानसेन स्थित बसपार्कमा श्रीनगर यातायत सेवा प्रालीको काउन्टर खुलेपनि पश्चिम नेपाल बस ब्यबसयी प्रालीको काउन्टर भने चैत ११ गते यता खुलेको छैन । जिल्लामा श्रीनगर यातायत सेवा प्राली, पश्चिम नेपाल बस ब्यबसयी प्राली र रामपुर यातायातले सेवा दिदै आएका छन ।








प्रतिक्रिया राख्नुहोस्