पाल्पामा ९० प्रतिशत रोपाईँ सकियो

पाल्पा- पाल्पामा हालसम्म ९० प्रतिशत धान रोपाईँ सकिएको छ । यो वर्ष समयमै वर्षा भएकाले पाल्पामा रोपाई चाडै सकिएको हो । पाल्पाको रामपुर, माडी, पूर्वखोला, अर्गली,सर्देवा,पिपलडाँडा,गेझा,कचल, झडेवालगायतका फाँटहरूमा धान खेती गरिदै आएको छ ।
कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिब प्रसाद अर्यालले ९० प्रतिशत रोपाँइ सम्पन भईसकेको र बिगत भन्दा यो बर्ष बढी रोपाँइ भएको बताउनुभयो । पाल्पामा नौँ हजार ३२५ हेक्टर भूभागमा धान खेती हुँदै आएको छ । त्यसमध्ये सिंचाईको सुबिधा भएको आठ हजार ६०० हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।पाल्पामा अझै पनि धान खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने अबस्था रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्