सप्तकोशी नदिको स्पर तीव्र रूपमा मर्मत हुँदै
सुनसरी । सप्तकोशी नदीले बराहक्षेत्र नगरपालिका–६ स्थित १० नम्बर नोज स्पर (बांध) कटान गर्न थालेपछि मर्मत सम्भार कार्य तीब्र तीब्र रूपमा हुदै छ ।
लगातार भएको वर्षाको कारण नदीमा बढेको पानीको बहावले स्पर नम्बर १० को करिव ३० मिटर भाग कटान गरेकाले मर्मत सम्भार कार्य थालेकोे हो ।
आईतबारसम्मा सो क्षेत्रमा कोशीले कटान गरेको भागमा मर्मत सम्पन्न भएकाले त्यहाका स्थानीय बासिन्दाहरुमा बाढीको त्रास कम भएको र कटान भएको ठाउँमा थप कटान रोक्नका लागि विहारबाट आएका जलसंसाधनका अधिकारी तथा ठेक्कादारले कटान रोक्ने प्रयास स्वरुप मर्मत गरिएको कटान भएका अन्य ठाउँमा समेत मर्मत सम्भारको कार्य तीब्र गतिमा भइरहेको र दैनिक २००–३०० जना कामदारहरु काम गरिरहेको स्थानीय बाबुराम कार्कीले बताउनुभयो ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालका अनुसार कोशीको पूर्वी किनारमा रहेको १० नम्बर नोज स्पारले बराहक्षेत्रको ठाकुरबारी बस्तीलाई जोखिम पार्ने भएकाले मर्मत गरी जोगाएको छ ।
उक्त बाँध फुटेको खण्डमा चक्रघट्टी बजार लगायतका क्षेत्र पनि बगाउन सक्ने भएकाले तत्काल कटान रोक्ने कार्य भईरहेको खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्