तपाईँ सुन्दै हुनुहुन्छः

‘फेस शिल्ड’ लगाउँदै पूर्वी नाकाका प्रहरी

भद्रपुर, झापा  । यसै साता काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण भएपछि नेपाल प्रहरीले थप सुरक्षा अपनाउँदै हेल्मेटजस्तै ‘फेस शिल्ड’ प्रयोग गर्न थालेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले यसअघि मास्क, ग्लोब र स्यानिटाइजर लगाएर नाकाको जोखिमयुक्त ड्युटीमा खटिने प्रहरीहरूलाई ‘फेस शिल्ड’ लगाउन अनिवार्य गरिएको बताउनुभयो ।

इप्रका  काँकडभिट्टा मातहत एक सय ४० जना प्रहरी खटिएका छन् । होल्डिङ सेन्टर, सीमा, गस्ती र क्वारेनटाइनमा खटिने प्रहरीलाई एन–९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’ अनिवार्य गरिएको उहाँको भनाइ छ

फेस शिल्ड’ प्रहरी आफैले खरिद गरेको हो । १० थान गुणस्तरीय पीपीई र एक सय १० थान रेनकोट जस्तै सामान्य पीपीई समेत चाहिएका बेला उपयोग गर्न इप्रकामा सुरक्षित राखिएको बताइएको छ ।

हाल ५० थान ‘फेस शिल्ड’ रहेको र त्यसले सबैलाई पर्याप्त नहुने हुँदा जोखिम क्षेत्रमा खटिनेलाई मात्र प्रयोग गर्न दिइएको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button