तपाईँ सुन्दै हुनुहुन्छः

७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भए, मृतकको सङ्ख्या ४५ पुग्यो

काठमाडौं । आज थप एक सय छ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आज एक सय ६ जना सङ्क्रमण मुक्त भएपछि सङ्क्रमण मुक्त हुनेको कूल सङ्ख्या १३ हजार ५३ पुगेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हालसम्म ७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् ।

आज थप एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको कूल सङ्ख्या १८ हजार चार सय ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले दिनुभएको जानकारी अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सय जनाभन्दा बढी सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ भने मनाङ, मुस्ताङ, रसुवा, भोजपुर, पाँचथर र सङ्खुवासभा गरी ६ जिल्ला सक्रिय सङ्क्रमित मुक्त भएका छन् ।

यसै गरी आज थप एक जनाको मृत्यु भएपछि नेपालमा कोरोना सङ्क्रमण पछि मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।

बारा परवानीपुर गाउँपालिका वडा नं. ८ की १७ वर्षीय युवतीको उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button