बाँकेमा तीन जना मजदुरमा कोरोना सङ्क्रमण पुष्टि
बाँके । बाँकेमा दैनिक ज्यालादारीमा काम गर्ने तीन जना मजदुरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
हिजो नेपालगन्जको त्रिभुवन चोक क्षेत्रबाट सङ्कलित स्वाबको नमुना मध्ये एक सय १४ जनाको रिपोर्ट नेगेटिभ आउँदा तीन जनाको भने पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।
कामको खोजीमा हरेक दिन बिहान मजदुरहरू त्रिभुवन चोकमा जम्मा हुने गर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्