तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहद्वारा  झापाको मेचीनगरमा एक व्यवसायीको हत्या

भद्रपुर, झापा । झापाको मेचीनगरका एक व्यवसायीको शुक्रवार अपराह्न हत्या भएको छ । मेचीनगर–२ स्थित भृकुटीका करिब ५० वर्षका नारायण आचार्यलाई अज्ञात समूहले खुकुरी प्रहार गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाका अनुसार खुकुरी प्रहारबाट घाइते भएका आचार्यको बिर्तामोडस्थित वी एण्ड सी अस्पतालमा मृत्यु भएको थियो ।

आचार्यको हत्यामा संलग्न भएको आशङ्कामा एक सन्दिग्ध स्थानीय युवा पक्राउ परेका छन् । घटना लगत्तै स्थानीय भृकुटी बजारमा आचार्यको हत्या आफूले गरेको भनेर सुनाउँदै हिँडेका १६ वर्षीय युवकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आचार्य भृकुटी बजारमा खाद्य र कपडाको व्यवसाय गर्थे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button