पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको नाहालामा भासिएको सडक मर्मत हुँदै, एम्बुलेन्स बाहेक अन्य सवारी पास नहुने

तनहुँ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दिपुर १ नाहालामा भासिएको पक्कि सडक मर्मत भईरहेको छ । गत मंगलबार भासिएको सडक पुर्ण मर्मत गर्नको लागि सडक पुर्णरुपमा बन्द गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताउनुभयो ।
’एम्बुलेन्स र भिआईपी बाहेक अन्य सवारी पास हुदैन । प्रमुख रानाभाटले भन्नुभयो ’आज दिनभरमा सडक पुर्ण मर्मत गर्ने गरि काम सुरु भएको छ । उहाँले थप्नुभयो ’आज बेलुका सम्म काम सकिए सडक सुचारु हुन्छ नत्र खुल्दैन ।’ बैकल्पिक बाटो अत्यावश्यक प्रयोजनका लागि मात्रै प्रयोग गरिने प्रमुख रानाभाटले जानकारी दिनुभयो ।
सडक पुरै बन्द गरेर आज बेलुका सम्म पुर्ण सुचारु गर्ने गरी काम भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । ’अत्यावश्यक सवारीका लागी बैकल्पिक सडक रहेको तर रातोमाटोले गर्दा हिलो भएको रहेछ । सहायक प्रजिअ बरालले भन्नुभयो ’ग्राभेल गरेर अत्यावश्यक सवारीको लागी बाटो सहज बनाईदै छ ।’ सेना, सशस्त्र प्रहरी, जनपथ लगाएतले सडक मर्मतको काम गरिरहेका छन ।

सडक मर्मतको काम भईरहेको छ तर सोचे अनुरुपको इञ्जिनियरिङ्ग भएको देखिदैन बन्दिपुर १ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो । ’मूलको पानि आइरहेको छ । वडाअध्यक्ष पोख्रेलले भने ’पानि कटाएर मर्मत गर्नुपर्ने सडक त्यतिकै गरिदै छ ।’ उहाँले अगाडी भन्नुभयो ’काम भएपनि अलमल भने भईरहेको छ ।’
उक्त भासिएको सडकको कुनापट्टि डाईभर्सन बनाएको छ तर ग्राभेल बिना सबै खाले सवारी साधन संचालन गर्दा मालबहाक सवारी फस्ने गरेको थियो । प्रत्येक पटक जेसिबीको सहायताले सवारी पास गराउदै आएको थियो । डाईभर्सन गरिएको सडकछेउमा ग्राभेल नगर्दा मालबाहक सवारी फसेर यात्रु र चालकले सास्ती खेप्नुपरेको थियो ।
गत बिहिबार साँझ ठुलो सवारीले उक्त डाईभर्सन अप्ठ्यारो (हिलो) भएको भन्दै सडकको तलबाट अर्को बाटो प्रयोग गर्दा स्थानियले आफ्नो घर जोखिम परेको भन्दै बाटो अबरुद्द समेत गरेका थिए ।ठुला मालवहाक सवारी समेत तलबाट जादा आफ्नो घर जोखिममा परेको स्थानीयको भनाइ थियो । 
सडक डिभिजन कार्यालय दमौलीले ढिलासुस्ती गर्दा गत मंगलबार बिहानदेखि भासिएको सडक मर्मत हुन सकेको थिएन । यो अवधिमा हजारौं यात्रुले दुस्ख बेहोर्न बाध्य बने ।








प्रतिक्रिया राख्नुहोस्