गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड सिल
राजविराज । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड सिल गरिएको छ ।
अस्पतालमा उपचाररत एक जना विरामीमा कोरोना संक्रमण देखिएपछि उक्त वार्ड सिल गर्ने निर्णय गरिएको हो ।
इमरर्जेन्सी वार्डमा उपचाररत तीलाठि कोईलाडि गाउँपालिकाका २ का ४८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले बताए ।
करिब ३ दिनदेखि इमरर्जेन्सीमा रहेका ति पुरुषको उपचारमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संलग्न भएको पाईएको यादवले जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्