प्रदेश ५ मा थप १६ जनामा कारोना संक्रमण पुष्टि
रूपन्देही । रूपन्देही सहित प्रदेश ५ मा शुक्रबार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश ५ अन्तर्गत रूपन्देही जिल्लाका ४ जना, नवलपरासीका ४ जना, दाङका ४ जना, बाँके र बर्दियाका २/२ जना गरि जम्मा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ का ३ हजार ८ सय ७० जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । हाल प्रदेश ५ मा ३ सय ५१ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेका छन् भने २ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश ५ मा बिहीबार पनि १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियोे ।








प्रतिक्रिया राख्नुहोस्