विभिन्न अभियोगमा फरार छ प्रतिवादी पक्राउ
सल्यान । विभिन्न अभियोगमा फरार ६ प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सल्यानबाट फैसला भई फरार रहेका छ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कुटपिट मुद्दाका निम कुमारी घर्ती, सुनिता पुन, सम्झना पाण्डे, र धनि घर्ती रहेका छन् ।
यस्तै लुटपिट मुद्याका चन्द्र बहादुर वली र नाता कायम मुद्धाका गणेश वलीलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घरमै लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रमुख ढकेन्द्र खतिवडाले बताए । फेला परी पक्राउ परेका छ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाइएको उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्