प्रदेश १ सरकारलाई दुइथान पीसीआर मेसिन हस्तान्तरण
विराटनगर । प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन आज हस्तान्तरण गरेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई तथा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई करिब ९० लाख बराबरको आरटी पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले हस्तान्तरण गर्नुभयो ।
पीसीआर मेसिन ग्रहण गर्दै मुख्यमन्त्री राईले स्वइस सरकारले गरेको सहयोगको सराहना गर्दै प्राप्त दुईवटा मेसिन तत्काल जडान गर्ने बताउनुभयो । एउटा मेची अस्पताल र अर्को प्रदेश प्रयोगशाला विराटनगरमा मेशिन जडान गरिने उहाँले बताउनुभयो ।
पीसीआर मेसिन थपिएसँगै समुदाय स्तरमा कोरोना परीक्षण गर्न सहज हुने बताउदै मुख्यमन्त्री राईले प्रदेश १ लाई छिट्टै ग्रिन जोनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले कोरोना नियन्त्रणमा आएर सरकारले लकडाउन अन्त्य नगरेकाले अझैपनि सावधानी अपनाउन आवस्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रम विशेषज्ञ जोन्छेले प्रदेश सरकारलाई हस्तान्तरण गरिएको एउटा पीसीआर मेसिनले प्रतिघण्टा ९६ वटा नमूना संकलन गर्न सक्ने क्षमता रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्