तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको लम्कीमा एक युवक माथि खुकुरी प्रहार

टीकापुर कैलाली । कैलालीको लम्कीमा एक युवक माथि आज दिउसो खुकुरी प्रहार भएको छ ।

लम्की चौराहा नजिकै रहेको लम्की सार्वजनिक शौचालय अगाडिको एक सैलुनमा कपाल काटेर बाहिर निस्कने क्रममा एक समूहले लम्की चुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षीय रमेश बहादुर शाही माथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट शाहीको दुवै काँधको दायाँ“ बायाँ“ र शरीरका अन्य भागमा समेत चोट लागेको र अहिले उनको लम्की स्थित लाल रत्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लम्किले जनाकारी दिएको छ ।

शाहीको अवस्था सामान्य रहेको र घटना संलग्न एक जनालाई नियन्त्रणमा लिइसकेको र अरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख जानेन्द्र चन्दले जानकारी दिनुभयो ।

करिब सात/आठ जनाको समूहमा आएका व्यक्तिले शाही माथि एक्कासि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button