बागलुङमा लागुऔषध सहित ४ जना पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध सहित चार जनालाई बिहिबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–१ रामरेखा र मालढुङ्गामा गरी लागुऔषध सहित सुरज पौडेल, रुपेश श्रीपाली, तुफान विश्वकर्मा र प्रदिप बोहोरालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव निरिक्षक राजेन्द्र रेग्मीका अनुसार चार जनाको साथबाट डाइजिपाम, फेनार्गन र नुर्फिन २४ थान लागु औषध बरामद गरेको जानकारी दिनुभयो ।
चारैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्