तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप दुई जना कोरोना सङ्क्रमित डिस्चार्ज

नेपालगन्ज  । बाँकेमा आज थप दुई जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको सङ्ख्या ३ सय ७० पुगेको छ । अब आइसोलेसनमा २४ जना छन् ।

आज नेपालगन्जस्थित आदर्श नगर आइसोलेसन केन्द्रबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का २७ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय पुरुष निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

जिल्लामा तीन सय ९६ जनामा सङ्क्रमण पुष्टि हुँदा दुई जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button