तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप २ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप २ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ७० पुगेको छ ।

अब आइसोलेसनमा २४ जना छन् । आज नेपालगञ्जस्थित आदर्शनगर आइसोलेसन केन्द्रबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ६ का ३१ बर्षीय पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा ३ सय ९६ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button