घुस सहित सव–ईन्जिनियर पक्राउ, लम्कीचुहा नगरपालिकामा छापा

धनगढी । अख्तियार दुरपयोग अनुसन्धान आयोगको टोलीले कैलालीको चुरे गाउपालिका सव–ईन्जिनियर चन्द्रदेव भट्टलाई २० हजार घुस सहित पक्राउ गरेको छ ।
कृषि सडकको नापजाँच तथा मुल्याङ्कन गरिदिए बाफत सेवाग्राहीबाट २० हजार घुस लिदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगको कंंचनपुर स्थित कार्यालयले जनाएको छ ।
चुरे गाउपालिका घरखेडामा कार्यरत सव–ईन्जिनियर भट्टलाई बिशेष सुचनाका आधारमा कंचनपुरबाट खटिएको टोलीले पक्राउ गरेको बताईएको छ ।
यसैबिच अख्तियारको टोलीले कैलालीको लम्कीचुहा नगरपालिका कार्यालयमा छापा हानेर चेक लगायतका कागजात नियन्त्रणमा लिएको छ ।
गत आर्थिक बर्षको रकम भुक्तानी भइरहेको प्राप्त सुचनापछि नगरपालिकामा छापा हानेर आवश्यक कागाजत नियन्त्रणमा लिईएको आयोगको कार्यालयले जनाएको छ ।
केही दिन अघी कमर्चारीको मिलोमतोमा आर्थिक नियमावली विपरित रकम भुक्तानी भईरहेको समाचार प्रकाशनरप्रशारण भएको थियो ।
सालको काठसहित पाँच जना पक्राउ
धनगढी । यसैबीच कैलालीको धनगढीबाट प्रहरीले सालको काठ सहित पाँच जनालाई पक्राउ गरेको छ । गस्तीमा गएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका स्थित देवरिया र जालीबाट १ सय ९५ क्यूफिट चिरान काठ, १ सय २२ थान कडी र ९ गोलिया सहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताउनुभयो ।
पक्राउ पर्नेमा स्थानीय करन चौधरी, सुरज चौधरी, नरेश चौधरी, बिनु चौधरी र बीरबहादुर चौधरी रहेको उहाले बताउनुभयो ।
काठ सहित ढुवानीमा प्रयोग भएका तीन वटा ट्याक्टर र पाँचै जनालाई आवश्यक कार्वाहीका लागी डिभिजन वन कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्