तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

वीरगंज । वीरगञ्ज माईस्थान निवासी ७० बर्षिय श्याम नारायण बर्णवालको कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ ।

गत सोमबार बीरगंजको एडभान्स मेडिकियर अस्पतालमा श्वासप्रश्वासमा समस्या देखिएपछि भर्ना भएका बर्णवाललाई तत्काल कोरोना संक्रमणको आशंकामा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा बर्णवालको मंगलबार साँझ मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

मृत्युपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षणगर्दा गएराति आएको रिपोर्टमा बर्णवाललाई कोरोना पोजेटिभ देखिएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

वर्णवालको कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

मृतकको शव व्यबस्थापनको तयारी नेपाली सेनाले गरिरहेको उपाध्यायले बताउनुभयो ।मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको र बर्णवालको ट्राभल हिष्ट्री पनि नभएको अबस्थामा ‘कोरोना संक्रमणकै कारण मृत्यु भएको यो घटनाले बीरगंजमा कोरोना समुदायमा गइसकेको डाक्टर उपाध्यायले बताउनुभयो ।

यसैगरी,नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा गएराति सार्वजनिक भएको रिपोर्ट अनुसार मृतक बर्णवाल सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशाला प्रमुख डा.नीरा पाठकको अनुसार १ सय २८ वटा नमुना जाँच गरिएकोमा ४ महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जस मध्ये वीरगंज नारायणी अस्पतालकै एक ४० वर्षिय चिकित्सकसहित अर्का ६२ बर्षिय चिकित्सक गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका २ चिकित्सक सहित १६ जनालाई नारायणी अस्पतालको अस्थायी कोरोना गण्डक अस्पतालको आईशोलेशनमा उपचारकालागी पु¥याईएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

बीरगंज लगायत बारा,पर्सामा कोरोना संक्रमण समुदायमा पुगेपछि पुनः लकडाउनकालागी स्थानिय प्रशासनलाई सिफारीश गरिएको मेडीकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले बताउनुभयो ।

यसैबिच बीरगंजमा अबस्था जटिल देखिएको र पुनः लकडाउन गर्ने सम्बन्धमा जिल्ला बिपत व्यबस्थापन समिति तथा सुरक्षा समितिको बैठक आजै बस्ने र साँझ सम्म ठोस निर्णय लिईने पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले बताउनुभयो ।
गण्डक अस्थायी कोभिड अस्पतालमा यसअघि ६ महिला र २३ पुरुष गरी कुल २९ जना संक्रमित उपचार भईरहेकोमा थप १६ जना संगै संक्रमितको संख्या ४५ पुगेको छ ।

जिल्ला जनस्वास्थय कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले कोरोना समुदायमा फैलिसकेकोले अब सबै संयन्त्र मिलेर काम गर्नुको बिकल्प नरहेको बताउनुभयो ।

पर्साका विभिन्न सरोकारवाला निकायसंग सहकार्य र समन्वय राम्रोसंग हुन नसक्दा कन्ट्रयाक ट्रेसिङ,संक्रमित ओसार पसार,नमुना संकलन लगायतको कामाम बाधा सृजना भइरहेको ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button