तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तान हवाई आक्रणमा ४५ को मृत्यु

सांकेतिक तस्बिर

अद्रस्कान, अफगानस्थान । सुरक्षा बलको हवाई आक्रमणमा परी अफगानिस्तानमा ४५ जनाको मृत्यु भएको छ ।

अफगानी अधिकारीहरुका अनुसार अफगानिस्तानको अद्रस्कान जिल्लामा सुरक्षा बलले गरेका हवाई आक्रमणमा परी सर्वसाधरणसहित ४५ जना विद्रोही मारिएका हुन् ।

सो हवाई आक्रमणमा ८ जना सर्वसाधरणले ज्यान गुमाएको अद्रस्कान जिल्लाका गभर्नरले बताउनु भएको छ ।

तालिवानका प्रवत्ता क्वारी मोहम्मद युसुफअनुसार ८ जना सर्वसाधरणको मृत्यु र १२ जना घाइते भएका छन् ।

सुरक्षा बलको आक्रमणमा सर्वसाधरण मारिएपछि अफगानिस्तानको रक्षा मन्त्रालयले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button